दफा ६९
विवाह गर्ने स्वतन्त्रता

(१) प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्नेस्वतन्त्रता हुनेछ ।
(२) विवाह जुनसुकै किसिमबाट भएको भए तापनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनु पर्नेछ ।
(३) प्रत्येक व्यक्तिको पारिवारिक जीवन अनतिक्रम्य हुनेछ ।